यसवर्षको सगरमाथा आरोहण शुरू : चार सय २१ जनालाई अनुमति

  ५ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २७ । यस वर्षको सगरमाथा आरोहण शुरू भएको छ । सगरमाथाको चुचुरोसम्म बाटो बनेसँगै औपचारिक रूपमा आरोहण शुरु भएको पर्यटन विभागले जनाएको छ । यो यामको आरोहणका लागि डोरी टाँग्दै सात जना शेर्पा हिजो शिखरमा पुगेका पर्यटन विभागका निर्देशक लीलाधर अवस्थीले जानकारी दिए ।

अशोक लामाले नेतृत्व गरेको टोलीले डोरी टाँग्ने काम सम्पन्न गरेको हो । सगरमाथाको चुचुरोमा डोरी टाँग्ने काम सम्पन्न भएसँगै यस वर्षको सगरमाथा आरोहण औपचारिक रूपमा शुरू भएको छ । अब अरु आरोही मौसम अनुकूलता हेरेर शिखरतर्फ लाग्ने निर्देशक अवस्थीले बताए । पर्यटन विभागको पर्वतारोहण शाखाको तथ्याङ्कअनुसार अहिलेसम्म ४४ आरोही समूहका चार सय २१ जनाले सगरमाथा आरोहणको अनुमति लिएका छन् । सगरमाथा आरोहण ४० दिनको हुन्छ ।

तपाईंको प्रतिक्रिया

थप खबर