मिडियाबाजी डटकम काठमाडौं,पौष २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा आएका नयाँ दल र सांसदहरु संसदको पुँजी भएको बताएका छन् । आज पहिलो बैठकलाइ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले भने, नयाँ दलले संसदमा प्रतिनिधित्व गर्नु लोकतन्त्र र नागरिक सम्प्रभुताको जित भएको पनि बताए । नयाँ दल र नयाँ अनुहार थपिएका छन् । म बिना कुनै इर्ष्या मनैदेखि भन्न चाहन्छु, तपाईहरुको प्रवेश लोकतन्त्र र नागरिक सम्प्रभुताको जित हो । तपाईहरुका पक्कै एउटा आवेग र केही गरौं भन्ने हुटहुटी छ ।त्यो हुटहुटी यो संसद्को नयाँ पुजी हो । संसद्मा तपाईहरुलाई स्वागत छ ।
उनले सुशासन र जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्ने कि नसक्ने भन्ने परीक्षा संसदमा हुने बताएका हुन् । ‘हामीले सुशासन दिन सक्छौं कि सक्दैनौं, जनताको जीवनमा सार्थक परिवर्तन ल्यायन सक्छौं कि सक्दैनौं’ उनले भने, ‘यो संसद हाम्रो परीक्षाको केन्द्र हो ।’