मेयर बालेनद्धारा उच्च अदालत पाटनमा लिखित जवाफ पेस

  बैशाख ०८, २०८०

वैशाख मिडियाबाजी डटकम काठमाडौं, वैशाख ८ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले उच्च अदालत पाटनमा लिखित जवाफ पेश गरेका छन् । मेयर बालेनले उच्च अदालत पाटनमा परेको मुद्दा खारेजीको माग गर्दै लिखित जवाफ पेस गरेका हुन् ।

महानगरले ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा, नेवा सभ्यता राष्ट्रिय सम्पत्ति तथा स्रोत साधनको संरक्षण गर्ने दायित्वबाट विमुख बनाउने उद्देश्य रिट निवेदनमा राखिनु नहुने उक्त जवाफमा उल्लेख छ।

लिखित जवाफमा भनिएको छ, ‘गैरसुकुम्बासीको योजनामा कानुन हातमा लिने, नदीको जग्गा कब्जा गर्ने, विना स्वीकृति पक्की घर, टहरा, सटर कबल बनाउने, तहतह किनबेच गर्ने,घरेलु हतियार तथा विस्फोटक पदार्थसहित आपराधिक बल प्रयोग गर्ने, शहरी सौन्दर्यीकरणको कुनै पनि काम गर्न नदिने जस्ता कानुनद्वारा बर्जित कार्यहरूको समर्थन गर्ने विपक्षीको रिट निवेदन भित्रको मनसाय प्रश्नयोग्य छ।’

तपाईंको प्रतिक्रिया

थप खबर