मेयरले कुटे अधिकृत, कर्मचारी आन्दोलित

  ७ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २१। मधेश प्रदेशस्थित स्थानीय निकायमा कतिसम्म बेथिती बढेको छ भने त्यसको उदाहरण बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाको अवस्थाले देखाइरहेको छ। सिम्रौनगढका मेयरको मौखिक आदेशमा लाखौंको भुक्तानी नदिँदा प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गरिएको घटना सार्वजनिक भएको छ । यसअघि पनि मेयरको स्वार्थ पूरा नहुँदा त्यहाँका योजना प्रमुखलाई समेत मेयरका छोरा र समर्थकहरुले कुटपिट गरेका थिए ।

कानुन विपरीत बिना शीर्षक भुक्तानी नगरेपछि मेयर किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जयसवाललाई कुटपिट गरेका हुन् । गत १६ गते आदर्शकोतवाल गाउँपालिका कोतवाली चोकस्थित जानकी आयल नजिकै निजी निवासमा मेयर कलवारले बोलाएर दुर्व्यवहार गरेको अधिकृत जयसवालले बताएका छन् । मौखिक आदेशको भरमा कानुनविपरीत रकम भुक्तानी गर्न नमानेपछि मेयर कलवार र उनका समर्थकले हातपात गरेको पीडित अधिकृत जैसवालले दुःखेसो पोखेका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर