मिडियाबाजी डटकम काठमाडौँ, साउन ४। मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला नजिक भीरबाट खसेको ढुङ्गा गुडिरहेका कारमा बज्रिँदा तीन जना घाइते भएका छन् ।
आइतबार दिउँसो माथिबाट खसेको ढुङ्गाले लागेर भारतीय नम्बर प्लेटको गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ । उक्त सडक खण्डमा गुडिरहेको भारतीय कारमा एक्कासी ढुङ्गा खसेर लागेको थियो ।