मुकुल ढकालको रिटमा सर्वोच्चले बोलायो दुबै पक्ष

  ११ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार १२।    मुकुल ढकालले दायर गरेको रिटमा सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा कायम राख्नुपर्ने भन्दै अन्तरिम आदेश माग गरी ढकालले रिट दर्ता गरेका थिए ।

अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने आदेश भएको हो । छलफलका लागि दुवै पक्षलाई १७ गते मंगलबार बोलाउने आदेश भएको हो । रिटमाथि न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको ढकालका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले जानकारी दिए । ढकालले आफू नै महामन्त्री रहेको दाबी गर्दै सोही हैसियतमा काम गर्न र गराउन पाउँभन्दै रिट निवेदनमा परमादेश, उत्प्रेषणसहितको आदेश माग गरेका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर