मिडियाबाजी डटकम काठमाडौँ , पौष १७ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको महामन्त्रीबाट निष्काशित मुकुल ढकाललाई पुरानै जिम्मेवारीमा फर्काउन माग गर्दै पार्टीमा निवेदन परेको छ । पार्टीका कोशी प्रदेश सभापति राजेश तिम्सिना र मधेस प्रदेश सभापति तपेश्वर यादवले उक्त पत्र केन्द्रीय कार्यालयमा दर्ता गराएका हुन् ।
तिम्सिना र मधेशका महामन्त्री तपेश्वर यादवले मुकुललाई पार्टीमा फर्काउन माग गर्दै कार्यवाहक सभापति डीपी अर्याललाई पत्र पठाएका हुन् ।