माधव नेपालको चेतावनी : पार्टीप्रति नकारात्मकता फैलाउनेहरूलाई छुट दिन सकिँदैन

  ८ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ,भाद्र ९ ।   नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको कम्युनिष्ट आन्दोलन गम्भीर संकट र चुनौतीबाट गुज्रिरहेको बताएका छन् ।

आज (सोमबार) काठमाडौंमा आयोजित ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले कम्युनिष्ट पार्टीभित्र मात्र नभई हालको राजनीतिक परिस्थिति सबै राजनीति दलहरूको लागि चुनौतीपूर्ण रहेको टिप्पणी गरे ।

राजनीतिक संकट र चुनौतीहरूको सामना गर्नको लागि पार्टीका प्रत्येक नेताहरूले सार्वजनिक कार्यक्रमहरूबाट आम नागरिक र कार्यकर्तामा सकारात्मकसन्देश दिनुपर्नेमा उनको जोड छ । उनले पार्टीका आन्तरिक समस्याका विषयहरूलाई पार्टी कमिटीमा राखेर यथार्थतामा अघि बढ्नुपर्ने बताए । उनले पार्टी संगठन निर्माणलाई तिव्रता दिनका निम्ति जिम्मेवारी पाएका नेताहरुको कार्यसम्पादनकोप्र भावकारी अनुगमन आवश्यक रहेको पनि बताए ।

पार्टीको पक्षमा दृढता साथ बोल्न नेता कार्यकर्ताहरूलाई उनले निर्देशन समेत दिए । अध्यक्ष नेपालले पार्टीसिद्धान्तमा आँच आउने काम गर्ने कसैलाई पनि छुट दिन नसकिने चेतावनी समेत दिए । पार्टीप्रति नकारातमकता फैलाएर पार्टीलाई सिध्याउन खोज्ने प्रवृत्तिलाई कुनै पनि हालतमा छुट दिन नसकिने उनको भनाइ छ ।

तपाईंको प्रतिक्रिया

थप खबर