माघ पहिलो साता : काठमाडौंको तापक्रम घटदो, हिउँदे वर्षा घट्दा बढ्यो प्रदूषण !

  माघ ०४, २०७९

मिडियाबाजी डटकम काठमाडौं,माघ ४ । माघ पहिलो साता, काठमाडौंको तापक्रम घटदो छ। र, पनि हिउँदे वर्षा हुन सकेको छैन । वर्षा नहुँदा मुलुकमा अत्यधिक प्रदूषण र सुक्खा बढेको छ । काठमाडौं उपत्यकामा प्रदूषणको मात्रा निकै बढेको विज्ञहरूको भनाइ छ । अर्को सातादेखि भने हिउँदे झरी पर्ने प्रवल सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन् । मौसम पूर्वानुमानअनुसार पश्चिम नेपालमा सोमबारदेखि वर्षा सुरु हुनेछ। काठमाडौंमा मंगलबारदेखि वर्षा हुनेछ। काठमाडौंमा मंगलबारदेखि बिहीबारसम्म लगातार वर्षा हुने अनुमान गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा विनोद पोखरेलका अनुसार करिब साढे तीन महिनादेखि पानी पर्न सकेको छैन । जसका कारण उपत्यकामा प्रदूषणको मात्रा अध्यधिक बढेको छ । तर, सोमबारबाट पश्चिम नेपालमा र मंगलबारबाट काठमाडौंमा पानी पर्ने सम्भावना एकदमै धेरै छ। पोखरेलका अनुसार दुईवटा विश्वव्यापी मौसम पूर्वानुमान मोडलले हिउँदे वर्षा हुने देखाएको हो । ‘युरोपियन मोडल ईसीएमडब्लूएफ र अमेरिकन मोडल जीएफएस बाट हेरिएको हो । दुवै विश्वव्यापी मोडल हुन’ पोखरेलले भने ‘यी मोडलहरू मौसम पूर्वानुमानमा विश्वासनीय मानिन्छ। तीन दिन लगातार पानी पर्ने देखिन्छ ।’ यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

तपाईंको प्रतिक्रिया

थप खबर