महाप्रसादविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

  ९ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख ३० ।  नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिसका लागि गठित समितिको सदस्यमा नियुक्त भएका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिटमा सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश गरेको छ। यसका लागि आगामी जेठ ४ गते दुवै पक्षलाई छलफलमा बोलाएको अधिवक्ता नविन धितालले जानकारी दिए।

अधिवक्ता नवीन धितालले दायर गरेको रिटमा अधिकारी गभर्नरमा बहाल रहेकै बेला गठन भएको समितिमा पूर्व गभर्नरको हैसियतमा अधिकारी नियुक्ति गर्नु गैरकानुनी रहेको दाबी छ । पदमा बहाल रहकै बेला गठन भएको समितिले काम थालिसकेको अवस्थामा अवकाश लगत्तै गरिएको नियुक्ति कानुनविपरीत र स्वार्थ बाझिने खालको भएको निवेदकको जिकिर छ।

तपाईंको प्रतिक्रिया

थप खबर