महान्यायाधिवक्ता बडालले दिए पदबाट राजीनामा

  ५ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ भाद्र २  महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन् ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ता नियुक्त गरेका बडालले भदौ २४ गते नै पदबाट राजीनामा दिएका हुन् ।

बडालले राजीनामा दिएको जानकारी आइतबार राष्ट्रपति कार्यालयले महान्यायाधिवक्ताको कार्यालयमा पठाएको छ । बडाललाई ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले २०८१ साउन २ गते महान्यायाधिवक्तामा नियुक्त गरेका थिए ।

हरेक सरकार गठनपछि प्रधानमन्त्रीको सिफारिसमा नियुक्त हुने महान्यायाधिवक्ताले नयाँ प्रधानमन्त्री नियुक्त हुनासाथ राजीनामा दिने अभ्यास छ ।

तपाईंको प्रतिक्रिया

थप खबर