मिडियाबाजी डटकम काठमाडौँ, असार ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि ‘मिसनका साथ’ गालीगलौज भइरहेको बताएका छन्।
आज (शनिबार) ललितपुरमा ११ औं विश्व योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
प्रधानमन्त्री ओलीले आफू कसैप्रति वैरभाव नराख्ने र सधैँ प्रसन्नचित्त रहने गरेको बताए। उनले आफूलाई गाली गर्नेहरू मिसनका साथ लागिपरेको भए पनि त्यसप्रति दया–माया लाग्ने र आफू प्रसन्न रहने गरेको उल्लेख गरे। गाली आउनुको कारण आफूले उनीहरूलाई बुझाउन नसकेको मात्र भएको उनको भनाइ थियो। उनले आफू सबैलाई बुझाउन नसक्ने पनि बताएका छन्।