मिडियाबाजी डटकम काठमाडौं,पौष २८ । सत्तारुढ गठबन्धनमा आवद्ध दलहरू मन्त्रिपरिषद विस्तारलाई पूर्णता दिन तिव्र तयारीमा लागेका छन् । यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भइ ११ गते पद तथा गोपनीयताको शपथ लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल सानो आकारको मन्त्रिमण्डल गठन गरेपनि यसले पूर्णत भने पाएको छैन् ।
सोही विषयमा आन्तरिक छलफल गर्न आज बिहीबार पनि सत्तारुढ गठबन्धनमा आवद्ध दलको बैठक बस्दैछ। आजको बैठकले मन्त्रिपरिषद विस्तारमा सहमति गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको हो ।