मिडियाबाजी डटकम काठमाडौं, मंसिर १९ । मनाङमा भारी हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ । कात्तिक अन्तिम सातादेखि मङ्सिरको पहिलो साताबाट यहाँ हिमपात हुने समय हो ।
गतवर्ष भने हिमपात अनुकूल समयमा पनि हिमपात भएन । यसवर्ष समयमा नै हिमपात हुँदा जनजीवन कष्टकर बने पनि किसान भने बाली सप्रने भन्दै खुसी भएका छन् ।
ङिस्याङ गाउँपालिका–५ भ्राकाका पशुपालक किसान सोनाम लामाले परिवारका अन्य सदस्य काठमाडौँ गए पनि आफू र आमा भने पशुचौपायको हेरचाहका लागि हिमपात हुँदा पनि गाउँमै बसेको बताए ।