भोजपुर–लेगुवा सडक : भत्किएका ठाउँमा टालिएको कालोपत्र नै उप्कियो

  श्रावण ११, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, साउन १० । भोजपुरलाई बाह्य जिल्लासँग जोड्ने मुख्य मार्ग भोजपुर–लेगुवा ६६ किलोमिटर सडक मर्मत भइरहेको छ ।

विगतमा कालोपत्र भएको सडकमा खाल्डाखुल्डी परेपछि यहाँ मर्मत गरिएको हो । तर, भत्किएको ठाउँमा टालिएको कालोपत्र काम गर्ने चरणमा नै भत्किएपछि स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् ।

सडक डिभिजन कार्यालय तुम्लिङटार मातहत भइरहेको काम गुणस्तरहीन रहेको स्थानीयवासीको आरोप छ। टालिएको सडक मर्मतकै क्रममा उप्किएको स्थानीयवासी सरबहादुर श्रेष्ठले बताए । सडक मर्मतको काम गुणस्तरीय नदेखिएको उनको भनाइ छ ।

तपाईंको प्रतिक्रिया

थप खबर