भीम रावलले नयाँ पार्टी खोल्ने, बुधबार पत्रकार सम्मेलन

  पुष १५, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , पौष १५ ।  नेकपा एमालेको राजनीतिबाट बिदा भएका डा भीम रावलले बुधबार पत्रकार सम्मेलन गर्ने भएका छन् ।

उनले आफ्ना कुराहरू राख्न र भावी कार्ययोजना बारे जानकारी गराउन पत्रकार सम्मेलन गर्न लागेको रावलका सचिवालय सदस्य गोविन्द दुवालले जानकारी दिए । नयाँ पार्टी खोल्ने वा कसरी अघि बढ्ने भन्ने सवालमा रावल अहिले विभिन्न व्यक्तिसँग टोखा नगरपालिकास्थित आफ्नै निवासमा छलफलमा छन् ।

शुभचिन्तक लगायत मानिस बोलाएर पत्रकार सम्मेलन गर्ने या मिडियालाई मात्र बोलाएर गर्ने भन्नेबारेमा मंगलबार मात्र निर्णय हुने बताइएको छ ।
एमालेमा चार दशकभन्दा लामो योगदान दिएका रावल चितवनमा भएको दशौँ महाधिवेशनबाट एमालेमा किनाराकृत भएका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर