भीमफेदीमा फेरि पल्टियो ग्यास बुलेट, सडक एकतर्फी सञ्चालन

  माघ २८, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , माघ २८ ।  मकवानपुरको भीमफेदी गाउँपालिका १ रातोमाटेमा ग्यास बुलेट पल्टिएको छ ।
हेटौँडाबाट भैँसेतर्फ जाँदै गरेको एनएल ०१ के ११९७ नम्बरको १२ चक्के ग्यास बोकेको इन्डियन बुलेट गाडी दुर्घटना भएको हो । दुर्घटनाका कारण उक्त सडकमा एकतर्फी मात्रै सञ्चालन भएको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आइतबार राति ९ बजेतिर दुर्घटना भएको ग्यास बुलेटका कारण सडक एकतर्फी अवरुद्ध भएको हो ।

ग्यास बुलेट पल्टिएको सडकको भित्ताको साइडमा ट्र्याक खोलेर हाललाई अस्थायी रूपमा साना सवारीसाधनलाई एकतर्फी गुड्न दिइएको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

थप खबर