मिडियाबाजी डटकम काठमाडौँ, असार १३ । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्धारित समयमै पार्टीको महाधिवेशन हुने बताएका छन् ।
आज (बिहीबार) चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग सभापति देउवाले निर्धारित समयमा नै महाधिवेशन हुने बताएका हुन् ।
उनले कांग्रेस र एमाले फरक–फरक दल भएकाले कतिपय निर्णयमा एकमत नहुनु सामान्य कुरा भएको धारणा राखेका छन् । सभापति देउवाले कांग्रेसको आग्रहपछि टेक एन्ड पे हटाएको भन्दै यसलाई सामान्य रूपमा लिन आग्रह समेत गरे । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताबारे सोधिएको प्रश्नमा भने, ‘कहाँबाट हुनु नि । बेकारको झूटा कुरा हो । सभापति देउवाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकविरुद्ध झुटा आरोप लगाउने प्रयास भएको आरोप लगाए ।