भिजिट भिसा प्रकरण : अख्तियारमा सहसचिव भट्टराईको बयान सुरु 

  जेठ २१, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ २०। भिजिट भिसामार्फत हुने असुली प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आइतबारदेखि सहसचिव तीर्थराज भट्टराईको बयान लिन थालेको छ।

डिजिटल फरेन्सिक ल्याबबाट रिपोर्ट आएसँगै त्यही विषयमा उनीसँग बयान लिन थालेको हो ।

आइतबार सार्वजनिक बिदा भए पनि उनलाई बोलाएर बयान लिइएको अख्तियारका एक अधिकारीले जानकारी दिए।सोमबार पनि भट्टराई बयान दिन गएका थिए । ‘मोबाइल र ल्यापटपको पुरै रिपोर्ट आइसकेको छैन,’ अख्तियार स्रोत भन्यो, ‘जति रिपोर्ट आएको छ, त्यसमा असुली धन्दा संस्थागत देखिने पर्याप्त प्रमाणहरू भेटिसकेका छन्।’ प्रमाणहरू पर्याप्त संकलन भइसकेको भन्दै भट्टराईलाई थुनामा नराखी अनुसन्धान अघि बढाइएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर