मिडियाबाजी डटकम काठमाडौं,कार्तिक १२ । बाँकेको नेपालगञ्जकी भारती मानन्धरले काठमाडौंमा पुन अनशन थालेकी छिन् ।
उनले दसैँ सकिएलगत्तै पुन रिले अनशन सुरु गरेकी हुन् । श्रीमान चेतन मानन्धरको हत्या गर्ने गुण्डा नाइके रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि भारतीले अनशन थालेकी हुन् ।