भारतीय दूतावासमा लुक्न पुगेका थिए पूर्वप्रधानमन्त्री नेपाल

  ४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ असाेज ३   जेन जीको भ्रष्टाचारविरोधी आन्दोलन चर्केको बेला कुन नेता कता लुक्न पुगे भन्ने चासो यतिबेला सबैलाई छ।

यसैक्रममा एकजना पूर्वप्रधानमन्त्री भने भारतीय दूतावासमा शरण लिन पुगेको खुलेकाे छ।

समाचारअनुसार, समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लैनचौरस्थित भारतीय दूतावासमा सुटुक्क पसेका थिए। सशस्त्र प्रहरी र नेपाल प्रहरीको सुरक्षाकर्मी साथमा हुँदै उनी दूतावास पुगेको प्रहरीको एक उच्च स्रोतले जानकारी दियो।

कोटेश्वरस्थित उनको घरमा आगजानी हुन थालेपछि पूर्वप्रधानमन्त्री नेपाल निकै आत्तिएका थिए। उनले सैनिक व्यारेक वा प्रहरीका कार्यालयमा जानेबारे विचार गरेनन् बरु सिधै लैनचौरस्थित भारतीय दूतावासभित्र लैजान सवारी चालकलाई भनेका थिए। आन्दोलन मत्थर नहुन्जेलसम्म उनी भारतीय दूतावास लैनचौर भित्रै बसेका थिए।

आन्दोलनकारीहरुसँगै मिसिएको एउटा टोलीले उनको कोटेश्वरस्थित घर तोडफोड र आगजनी गरेका थिए। उनलाई अख्तियारले भ्रष्टाचार गरेको भन्दै पतन्जलीको जग्गा खरिद प्रकरणमा मुद्दा दायर गरेको छ। अदालतले उनलाई नै उपस्थित हुनपर्ने वारेस राख्न नमिल्ने भन्दै आदेश गरेको अवस्था छ।

पूर्वप्रधानमन्त्री नेपाल दूतावासबाट निस्केको केही समयपछि आफ्ना सहयोगीहरु र सुरक्षाकर्मीका साथमा आफ्नो जलेको घर कोटेश्वर हेर्न पुगेका थिए।

तपाईंको प्रतिक्रिया

थप खबर