मिडियाबाजी डटकम काठमाडौं, चैत १५। भारतका केन्द्रीय राज्य सामाजिक न्याय मन्त्री माननीय रामदास आठवले नेपाल आउने भएका छन् ।
डाक्टर अम्बेडकरको १३२ औं जन्मदिनको उपलक्ष्य तथा नेपालीहरूको नयाँ वर्षको आरम्भको पहिलो दिन आयोजना हुने कार्यक्रममा आठवलेज्यूको चार दिने भ्रमण हुने भएको छ । भ्रमण अप्रिल १३ देखि १६ तारिखसम्म रहने छ। भ्रमणको क्रममा नवलपरासी जिल्लाको केलाँडीमा रहेको करिब ३० रोपनीमा निर्माणाधीन बुद्ध शान्त पार्क अवलोकन, रिपब्लिकन फाउन्डेसन (नेपाल) को विधिवत् समुद्घाटन वैशाख १ नाचघरमा हुने कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहने लगायतका कार्यक्रमहरूको सेड्युल रहेको छ।
“इंटरनेशनल लर्ड बूंद ऐड आंबेडकर विचार प्रेरित शिक्षा, स्वास्थ्य, रोगजगार र सामाजिक प्रगति मुल्क नागरिक अभियान” भन्ने मुल नाराका साथ यो कार्यक्रमलाई बुद्ध शान्त पार्क निर्माण समितिद्वारा संचालित हुन लागेको हो।
हेर्नुहोस् भ्रमण कार्यक्रमको सेड्युल:-

रिपब्लिकन फाउन्डेशन (नेपाल) को आयोजनमा नेपाली नव वर्ष २०८० को पावन अवसर पारी शुभकामना आदान प्रदान तथा विविध सांस्कृतिक एवं सम्मान कार्यक्रममा सभापति यस संस्थाका अध्यक्ष श्री शान्त बहादुर शाक्यका अनुसार रामदास आठवलेज्यूको ४ दिने नेपाल भ्रमण कार्यक्रम तय गरिएको छ। डाक्टर भिमराव राम्जी अम्बेडकरको जन्मदिनको अवसरमा उहाँले राख्नुभएको बुद्ध धर्म सम्बन्धी विचारसँग प्रेरित भई शिक्षा, स्वास्थ्य, रोजगार,जातिय भेदभावको अन्त्य, पर्यटन प्रवर्द्धन र सामाजिक प्रगति नागरिक फाउन्डेसनको मुल उद्देश्य रहेको अध्यक्ष शान्त बहादुर शाक्यले मिडियाबाजी डटकमलाई जानकारी दिएका छन् ।