बैतडीबाट सुुरु भयो माओवादीको ‘मध्यपहाडी लोकमार्ग अभियान’

  १३ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, जेठ २ ।  प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) को ‘मध्यपहाडी’ लोकमार्ग केन्द्रित अभियान सुरु भएको छ। आज (शुक्रबार) बैतडीबाट माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सुरु गरेको हो।

पूर्व प्रधानमन्त्री समेत रहेका (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बैतडीको पाटन नगरपालिकाले स्वागत तथा अभिनन्दन गरेको छ । ‘जनातासँग माओवादी : मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) जनजागरण अभियान’ शुभाम्भ गर्न यहाँ पुगेका पूर्व प्रधानमन्त्री प्रचण्ड लगायतलाई स्वागत तथा अभिनन्दन गरिएको पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

थप खबर