मिडियाबाजी डटकम काठमाडौँ, साउन २३। बैंकहरूले अब युरो ६ मापदण्ड नपुगेका चारपांग्रे सवारीको लागि प्रतित पत्र (एलसी) खोल्न नपाउने भएको छ ।
राष्ट्र बैंकको विदेशी विनिमय विभागले परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
नेपाली सवारी साधन प्रदूषण मापदण्ड २०८२ भित्र नपर्ने सवारी तथा ढुवानीलगायतका अन्य साधानहरू पैठारी गर्न नपाइने व्यवस्था गरिएको छ ।
नेपाली सवारी साधन प्रदूषण मापदण्ड २०८२ ले दुई पांग्रे, तीन पांग्रे र चार पांग्रे लघु सवारी साधन युरो फाइभ र चार पांग्रे सवारी साधन भने युरो सिक्स मापदण्डको हुनुपर्ने व्यवस्था गरेको छ ।