मिडियाबाजी डटकम काठमाडौँ, असार १ । मेची राजमार्गको पाँचथर खण्ड अन्तर्गतको हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा घाइते भएका तीन मजदुरको मृत्यु भएको छ।
मृत्यु हुनेमा बाराको सिमरा उपमहानगरपालिका–१२ निवासी २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरी रहेका छन्।
गम्भीर घाइते भएका उनीहरुलाई पाँचथर अस्पतालबाट थप उपचारका मोरङको विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ अस्पताल पठाइएकोमा अस्पताल पुर्याउना साथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। बाँकी घाइते तीन जनाको उपचार भइरहेको छ।