बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

  माघ १०, २०८०

मिडियाबाजी डटकम काठमाडौं, माघ १० । आज २०८० साल माघ १० गते बुधबार तदनुसार सन् २०२४ जनवरी २४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७५ पैसा र बिक्री दर १३३ रुपैयाँ ३५ पैसा पुगेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ २१ पैसा र बिक्री दर १४४ रुपैयाँ ८६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६५ पैसा र बिक्री दर १६९ रुपैयाँ ४१ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर