बीपी राजमार्गमा आजदेखि एक महिना राति गाडी चलाउन रोक

  श्रावण ०२, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, साउन १। बीपी राजमार्गअन्तर्गत काभ्रे–खण्डमा आज (बिहीबार) देखि रातमा १२ घण्टा गाडी चलाउन रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय धुलिखेलमा बसेको सुरक्षा समिति बैठकले काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सीमाना नेपालथोकसम्म एक महिनाका लागि रातमा गाडी चलाउन रोक लगाउने निर्णय गरेको हो ।मनसुनको यो बेला सम्भावित जोखिम न्यूनीकरणका लागि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म एक महिना रातमा गाडी चलाउन नदिने निर्णय भएको काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

थप खबर