बिना अनुमति विद्यालयमा कसैलाई प्रवेश नगराउन महानगरको परिपत्र

  पुष २०, २०७९

मिडियाबाजी डटकम काठमाडौं,पौष २० । काठमाडौं महानगरपालिकाले बिना अनुमति विद्यालयमा कसैलाई पनि प्रवेश नगराउन आग्रह गरेको छ । विद्यालयलाई परिपत्र जारी गर्दै महानगरको शिक्षा विभागले काठमाडौं महानगर अन्तर्गत सञ्चालित विद्यालयहरूमा विभिन्न धार्मिक संगठन, विद्यार्थी संगठन, मानव अधिकार, बाल अधिकार, एनजीओ, आईएनजीओ, गेष्ट लेक्चर, चन्दा आदिका नाममा विद्यालय तथा शिक्षक विद्यार्थीसँग जबरजस्ती आर्थिक सहयोग माग्ने कसैलाई पनि प्रवेश नदिन निर्देशन दिएको हो ।

शिक्षक विद्यार्थीलाई अमर्यादित व्यवहार गर्ने एवम् विद्यार्थीलाई अवान्छित गतिविधिका लागि उक्साउने जस्ता क्रियाकलापहरु हुने गरेको र यसबाट ‘विद्यालय शान्ति क्षेत्र’ को मान्यतामा उल्लंघन भई विद्यालयको समग्र शैक्षिक गतिविधि प्रभावित भएको गुनासो विद्यार्थी, अभिभावक तथा विद्यालयबाट बारम्बार आउने गरेको पनि महानगरले भनेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर