बालेन आफ्नै निर्णयबाट ‘ब्याक’, चार वडाध्यक्षलाई पुरानै जिम्मेवारी

  १० घण्टा अगाडि

  मिडियाबाजी डटकम काठमाडौँ, असार ५ ।   काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह चार जना वडाध्यक्षको जिम्मेवारी खोस्ने आफ्नो निर्णयबाट पछि (ब्याक) हटेका छन्।

केही समयअघि उनले एकल निर्णयमा चार वडाध्यक्षको जिम्मेवारी खोसेर नयाँलाई तोकेका थिए। साहले आशाराम संगत, मचाराजा महर्जन, ख्यामराज तिवारी र नवीन मानन्धरलाई क्रमशः सम्पदा तथा पर्यटन, विधायन, सुशासन र सचना तथा प्रविधि समितिको जिम्मेवारीबाट हटाएकोमा अहिले निर्णय फिर्ता लिएका हुन् । उनीहरूले कार्यपालिकाको निर्णय बिना आफूखुसी निर्णय नगर्न मेयर साहलाई चेतावनी समेत दिएका थिए।

नयाँ जिम्मेवारी पाएका वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापति, वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की र वडा नम्बर ८ का अध्यक्ष विनोदकुमार राजभण्डारीले संयुक्त विज्ञप्ति निकालेर कार्यपालिकाले जिम्मेवारी अनुमोदन नगरेकाले मेयर बालेनलाई पत्र पठाएर पद अस्वीकार गरेका थिए। विधायन समितिको जिम्मेवारी भने वडा–१६ कि अध्यक्ष रोजिना श्रेष्ठलाई दिइएको थियो।

तपाईंको प्रतिक्रिया

थप खबर