बाढीले मितेरी पुल बगायो, दर्जनौ गाडीहरू पनि बगे

  असार २४, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, असार २४ । भीषण वर्षासँगैको भोटेकोशीमा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ ।

भोटेकोशी नदीमा एक्कासी ठूलो बाढी आएको हो ।

तिब्बतबाट बग्दै आएको नदीमा आएको बाढीले नेपाल–चीन नाका तिब्बत जोड्ने मितेरी पुल बगाएको जिल्ला प्रहरी कार्यालय रसुवाका सई ज्योतिराम बीसीले जानकारी दिए । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले पनि गए रातिको बाढीले पुल बगाएको पुष्टि गरेका छन् । यससँगै रसुवा हुँदै चीनसम्मको मार्ग बिच्छेद भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर