मिडियाबाजी डटकम काठमाडौं,पौष १८। बागमती प्रदेशसभाको सभामुख र उपसभामुखको निर्वाचनको मिति तय गरिएको छ । सोमबार दिउँसो १ बजेका लागि प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठक बस्दैछ । बैठक बस्नुअघि बसेको सर्वदलीय बैठकले प्रदेशसभाको कार्यसूची तयार पारेको प्रदेशसभा सचिवालय हेटौडाका प्रवक्ता मनोज कुमार गुप्ताले जानकारी दिए ।
जसअनुसार प्रदेशसभाका सभामुखको लागि आगामी २८ गते र उपसभामुखको लागि आगामी २९ गते निर्वाचन गर्न दलहरूबीच सहमति भएको उनले बताए । उक्त निर्वाचनको लागि पुस २७ गते सभामुख र उपसभामुखको निर्वाचनका लागि मनोनयन दर्ताको कार्यक्रम राख्ने सर्वदलीय बैठकमा सहमति भएको उनले बताए ।