बागमती प्रदेशसभाका सदस्यहरूले लिए शपथ

  पुष १४, २०७९

मिडियाबाजी डटकम काठमाडौं, पौष १४ ।  बागमती प्रदेशका प्रदेशसभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशसभाका जेष्ठ सदस्य रामप्रसाद ढुंगानाले एकसय नौं जना प्रदेशसभा सदस्यलाई बिहीबार पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । प्रदेशसभा सदस्यमध्ये १२ जनाले नेवारी भाषामा र तीन जनाले तामाङ भाषामा शपथ लिएका प्रदेशसभा सचिवालयले जनाएको छ ।

उत्साहका साथ पद तथा गोपनीयताको शपथ लिएका उनीहरूले आफ्नो कार्यकाल प्रदेशको विकास र समृद्धिका लागि काम गर्ने बताएका छन् । प्रदेशसभाको ११औं अधिवेशन यही पुस १८ गते बस्ने भएको छ । जेष्ठ सदस्य ढुङ्गानले प्रदेश प्रमुखको कार्यालयले अधिवेशन आह्वान गरेको जानकारी गराएका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर