बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पाए विश्वासको मत

  माघ ०३, २०७९

मिडियाबाजी डटकम काठमाडौं,माघ ३ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । आज प्रदेश सभाबाट उनले विश्वासको मत लिएका हुन् । प्रदेश सभामा ११० जना सदस्य रहेकोमा मतदानमा १०९ जना सहभागी थिए । मुख्यमन्त्री जम्कट्टेलका पक्षमा १०५ मत आएको छ ।

नेपाल मजदुर किसान पार्टीका सांसदबाहेक अरू दलका सांसदले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिएका हुन् । बागमती प्रदेशका सभामुख भुवन पाठकले मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत पाएको प्रदेश सभा बैठकमा जानकारी गराएका छन् । मुख्यमन्त्री जम्कट्टेललाई नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका सांसदले विश्वासको मत दिएका हुन् । सभामुख पाठक भने मतदानमा सहभागी भएका थिएनन् । नेपाली कांग्रेसले विश्वासको मत दिए पनि प्रतिपक्षमा बस्ने बताएको छ ।

शालिकराम जम्कट्टेलले पाए विश्वासको मत

माघ ३, काठमाण्डौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । आज प्रदेश सभाबाट उनले विश्वासको मत लिएका हुन् । प्रदेश सभामा ११० जना सदस्य रहेकोमा मतदानमा १०९ जना सहभागी थिए । मुख्यमन्त्री जम्कट्टेलका पक्षमा १०५ मत आएको छ ।

नेपाल मजदुर किसान पार्टीका सांसदबाहेक अरू दलका सांसदले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिएका हुन् । बागमती प्रदेशका सभामुख भुवन पाठकले मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत पाएको प्रदेश सभा बैठकमा जानकारी गराएका छन् । मुख्यमन्त्री जम्कट्टेललाई नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका सांसदले विश्वासको मत दिएका हुन् । सभामुख पाठक भने मतदानमा सहभागी भएका थिएनन् । नेपाली कांग्रेसले विश्वासको मत दिए पनि प्रतिपक्षमा बस्ने बताएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर