बसले अटोलाई ठक्कर दिँदा दुईको मृत्यु, दुई जना घाइते

  श्रावण १३, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, साउन १२ । कपिलवस्तुमा बसको ठक्करबाट अटो रिक्सामा सवार दुई जनाको मृत्यु भएको छ ।

शिवराज नगरपालिका–१ स्थित उमरीमा गए राति ग १ ख ९० १३ नम्बरको बसले लु १ ह ४१५४ नम्बरको अटोलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी रितेन्द्र सिंहका अनुसार दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा स्थानीय ५० वर्षीय रितबहादुर सुनार र १८ वर्षीया रविना राना रहेका प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा सिटी अस्पतालमा भैरहवामा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकी पवित्रा सुनार तथा प्युठान घर भएका १८ वर्षीय शक्ति भण्डारीको सिटी अस्पतालमै उपचार भइरहेको छ । ठक्कर दिने बस र अटो चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर