बरहथवा घटना : स्थानीय प्रशासन र प्रदर्शनकारीबीच एघार बुँदे सहमति

  पुष २३, २०८०

मिडियाबाजी डटकम काठमाडौं,पौष २३ । सर्लाहीको बरहथवा घटनामा स्थानीय प्रशासन र प्रदर्शनकारीबीच एघार बुँदे सहमति भएको छ ।

जिल्ला प्रशासन कार्यालय मलंगवामा भएको सहमतिअनुसार अब बरहथवास्थित नगर अस्पताल यसअघि नगर कार्यपालिकाको निर्णयबमोजिम मधेश सरकारलाई हस्तान्तरण गरिनेछ ।

अस्पताललाई स्तरोन्नति गरेर ५० शय्याको बनाइने छभने प्रदर्शनको क्रममा गोली लागेर ज्यान गुमाएका जयशंकर साहको नाममा अस्पतालको नामाकरण गरिने र नगरपालिकाले मृतकको परिवारलाई रोजगारी प्रदान गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए । प्रदर्शनरत पक्ष र स्थानीय प्रशासनसँग ११ बुँदे सहमति भएसँगै आन्दोलनका सबै कार्यक्रम तत्काल रोक्न आन्दोलनरत समूह सहमत भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर