बनेपा–नाला–ताथली सडक फेरि अबरुद्ध

  १० घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार २३ ।  ह्युमपाइप राखेर आइतबारबाट सञ्चालनमा ल्याइएको बनेपा–नाला–ताथली सडक फेरि अबरुद्ध भएको छ ।

अरनिको राजमार्गको बैकल्पिक मार्गको रुपमा प्रयोग गर्दा शुक्रबार भाँसिएको पुलमा अस्थाई ह्युमपाईप राखेर सञ्चालन गरिएको थियो ।

आइतबार साँझ परेको बाढीले बगाएपछि पुनः सडक अवरुद्ध भएको हो । नाला र भक्तपुरको च्यामासिङ सडकखण्डअन्तर्गत पर्ने उक्त सडक राजधानी काठमाडौँको पूर्वीनाका आवतजावत गर्ने वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको थियो । उक्त पुल २०३७ सालमा निर्माण भएको जनाइएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर