बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  असार १७, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, असार १६ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको हो ।
आइतबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर