बजेट नआएपछि मेयर बालेनलाई दबाब दिंदै तर्जुमा समितिले गरायो ध्यानाकर्षण

  १२ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार ११ ।    काठमाडौँ महानगरपालिकाले निर्धारित मितिमा बजेट ल्याउन नसकेपछि बजेट तर्जुमा तथा कार्यक्रम समितिले मेयर बालेन्द्र शाह (बालेन) को ध्यानाकर्षण गराएको छ ।

काठमाडौँ महानगरपालिकाका कार्यपालिका सदस्य र नगरसभा सदस्यहरूले अनौपचारिक बैठक राखेरै पटक–पटक दबाब दिँदा पनि मेयर बालेनले बेवास्ता गरेको समितिको आरोप छ । आफ्नो नेतृत्वको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक राख्न समेत पहल नगरेपछि महानगर समयमा बजेट ल्याउनबाट चुकेको आरोप समितिले लगाएको हो ।

मंगलबार राति अनौपचारिक रूपमा बसेको बजेट तर्जुमा समितिको बैठकले मेयर साहलाई अझै पनि बजेट ल्याउने विषयमा बेवास्ता नगर्न र गम्भीर बन्न ध्यानाकर्षण गराउने निर्णय गरेको थियो । समितिले बुधबार औपचारिकरुपमा बालेनलाई यसबारे ध्यानाकर्षण गराएको छ । उपप्रमुख सुनीता डंगोलको संयोजकत्वमा बन्ने बजेट तर्जुमा समितिमा प्रमुख प्रशासकीय अधिकृत, योजना महाशाखा प्रमुख लगायत सदस्य हुन्छन् । महानगरका प्रवक्तासमेत रहेका समितिका सदस्य नवीन मानन्धरले मेयर शाहले बजेट निर्माणमा समन्वय गर्न नसकेको बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर