बंगालको खाडीको न्यूनचापीय क्षेत्रको प्रभाव : तीन प्रदेशमा हिमपातको सम्भावना

  मङि्सर ०१, २०८०

मिडियाबाजी डटकम काठमाडौं, मंसिर १ । अहिले देशको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको आंशिक प्रभाव र कोशी प्रदेशमा बङ्गालको खाडीको मध्य पश्चिमी क्षेत्रमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति भने देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर