मिडियाबाजी डटकम काठमाडौं ,फागुन ३ । सिरहामा प्रेमीको जालमा परी भ्यालेन्टाइन डे मनाउन गएकी एक बालिका सामूहिक बलात्कार परेको घटना बाहिरिएको छ । प्रेमीले ‘सरस्वती पूजा र भ्यालेन्टाइन डे’को बहानामा बालिकालाई लहानस्थित साथीको डेरामा लगेर बालिकामाथि सामूहिक बलात्कार गरेको घटना बाहिरिएको हो ।
बालिका बलात्कार आरोपमा बिहीबार सुखिपुर नगरपालिका(२ का मणिराम यादवको छोरा वर्ष १८ को निकेश कुमार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनामा संलग्नलाई अन्यको खोजतलास गरिरहेको प्रहरीले जनाएको छ ।
ती बालिकालाई ललाई फकाई साथीको डेरामा लगेर करणी गरेको आरोपमा बिहीबार बिहान घरबाटै निकेशलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता राजेन्द्र राज पाण्डे जानकारी दिए ।