प्रहरीको फरार सूचीका एमाले सांसद प्रधानमन्त्रीसँगै कार्यक्रममा अतिथि

  ८ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २९ ।  नेपाल प्रहरीको फरार सूचीका सत्तारुढ नेकपा एमालेका प्रदेश सांसद प्रधानमन्त्री केपी शर्मा ओलीसँगै कार्यक्रममा अतिथिका रुपमा देखिएका छन् ।

लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थी सोमबार लुम्बिनीमा बुद्ध जयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सँगै अतिथिका रुपमा सहभागी भएका हुन् । उनी कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ (क) बाट विजयी एमाले सांसद् हुन् ।उनलाई १० महिना पहिले नै पक्राउ गर्न अदालतबाट अनुमति लिइसकेको प्रहरीले जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई पनि पक्राउ गरेर बुझाइदिन भनेको थियो । तर प्रधानमन्त्रीकै दलका सांसद पन्थी निस्फिक्री रुपमा हिँडिरहेका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर