प्रधानमन्त्री दाहाल यती एयरको दुर्घटनास्थल नजाने

  माघ ०१, २०७९

मिडियाबाजी डटकम काठमाडौं,माघ १ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यती एयरको दुर्घटनास्थल नजाने भएका छन् । सुरक्षाकर्मीको सुझावपछि प्रचण्ड पोखरा नजाने भएका छन् । भीआईपी मुभमेन्टले उद्धारमा समस्या हुन सक्ने भएकाले सुरक्षा निकायले प्रधानमन्त्रीलाई पोखरा नजान सुझाव दिएपछि कार्यक्रम रद्द गरिएको जनाइएको छ ।

यसअघि प्रधानमन्त्री दुर्घटनास्थल पोखरा जाने कार्यक्रम तय भएको थियो । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पनि प्रधानमन्त्री तथा मन्त्रीहरू दुर्घटनास्थल जाँदा उद्दार प्रभावित हुन सक्ने भएकाले कार्यक्रम रोकिएको जानकारी दिएका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर