प्रधानमन्त्री ओलीलाई गगनको सुझाव : हप्तामा एकचोटी पद छाड्छु भन्न पर्दैन

  ८ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ,भाद्र ९ ।   सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेको समयमा पार्टीले डर, लोभ र अन्योलबाट मुक्त भएर देशप्रतिको जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएका छन् ।

आज (सोमबार) काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दे महामन्त्री थापाले यस्तो बताएका हुन् । नेपाली कांग्रेसले ०८४ मा आफ्नो अवस्था कस्तो होला भन्ने मानसिकता त्यागेर अगाडि बढ्न जरूरी रहेको उनको भनाइ छ ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले हप्ता–हप्तामा आलोपालो प्रधानमन्त्री बन्ने कुरा सम्झाउने गरेको उल्लेख गर्दै थापाले पद छोड्लान् कि नछोड्लान् भन्ने अन्योलमा बस्न नहुने बताए ।

उनले पार्टीको नीति र सिद्धान्तअनुसार अघि बढेर सबैखाले लोभ र डर त्याग्न नसके पार्टी संगठन कमजोर हुनेप्रति सबै सजग हुनुपर्नेमा जोड दिए । महामन्त्री थापाले प्रधानमन्त्री ओलीले हप्तामा एक पटक प्रधानमन्त्री पद कांग्रेसलाई छाड्छु भन्नुको अर्थ नभएको बताएका छन् ।

महामन्त्री थापाले पार्टीभित्र पठन संस्कृतिको विकास गर्नको लागि साहित्यकारहरूलाई उत्प्रेरित गर्नुपर्ने धारणा समेत राखे । गुट छोडे पनि लेखन कार्य नछोड्न उनले कार्यकर्ताहरूमा आगह समेत गरे । उनले अहिले पार्टीका नेता कार्यकर्ताको साथले महामन्त्री भएको भन्दै परे पछाडि सँगै चकटीमा बस्न पनि तयार रहेको बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर