प्रधानमन्त्रीले सम्बोधन गर्ने संसद वैठक राप्रपा र रास्वपाले गरे बहिष्कार

  १३ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार २३ । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज (सोमबार) संसद बहिष्कार गरेका छन् ।

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएको भन्दै दुवै दलका सांसदहरूले संसद बैठक बहिष्कार गरेका हुन् ।

रास्वपा सांसद मनिष झा र राप्रपा सांसद दिपकबहादुर सिंहले भिटिज भिसा प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद बहिष्कार गर्ने बताए । बैठक सुरू हुने वित्तिकै उनीहरूले अवरोध गरेका थिए । सभामुख देवराज घिमिरेले पहिला रास्वपा सांसद झा र त्यसपछि राप्रपा सांसद सिंहलाई बोल्न समय दिएका थिए । उनीहरूले जतिसक्दो चाँडो छानबिन समिति गठनको माग गरे ।

तपाईंको प्रतिक्रिया

थप खबर