प्रधानन्यायाधीसमा सिफारिस कार्कीको संसदीय सुनुवाइ बिहीबार हुने

  जेठ २९, २०८०

मिडियाबाजी डटकम काठमाडौं, जेष्ठ २९ ।  प्रधानन्यायाधीसका लागि सिफारिस भएका वर्तमान कायममुकायम प्रधानन्यायाधीस हरिकृष्ण कार्कीको संसदीय सुनुवाई आगामी बिहीबार हुने भएको छ ।

आज बसेको संसदीय सुनुवाई समितिको बैठकले संसदीय सुनुवाई बिहीबार गर्ने निर्णय गरेको हो । कार्कीविरुद्ध जेठ १६ गतेबाट १० दिनको समय दिएर उजुरी आह्वान गरिएको थियो । कार्कीविरुद्ध २९ वटा उजुरी परेको र बुधबार उजुरीकर्ताहरुसँग छलफल गरेर बिहीबार सुनुवाई गर्ने निर्णय बैठकले गरेको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर