प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक एक घण्टाका लागि स्थगित

  जेठ २१, २०८०

मिडियाबाजी डटकम काठमाडौं, जेष्ठ २१ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायत प्रतिपक्षी दलहरूले संसद बैठक अवरोध गरेका छन् ।

प्रतिनिधि सभा बैठक सुरू हुनासाथ दलहरूले उठेर संसद अवरोध गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेको भन्दै एमाले, रास्ववा, राप्रपा लगायतका दलले बैठक अवरोध गरेका हुन् ।

एमाले प्रमुख सचेतक पदम गिरीले निष्क्रिय भइसकेको विधेयकलाई असंवैधानिक ढंगले प्रमाणीकरण गरको भन्दै आपत्ति जनाए ।

सभामुखको पटक पटकको आग्रहपछि पनि अवरोध नखुलेपछि बैठक एक घण्टाका लागि स्थगित गरिएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर