प्रतिगामीहरू गणतन्त्र उल्टाउन खोज्दैछन् : मुख्यमन्त्री कँडेल

  ४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ असाेज २  कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलले ७० वर्ष लामो संघर्षपछि ल्याइएको गणतन्त्र र संविधान प्रतिगामीहरूले उल्टाउन लागिरहेको बताएका छन्।

गणतन्त्र जोगाउन नागरिकको सचेतनापूर्वक खवरदारी जरुरी भएको उनको भनाइ छ।

नेकपा एमाले वीरेन्द्रनगर नगर कमिटीले बुधबार आयोजना गरेको भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले राजनीतिक परिस्थिति खतरनाक मोडतर्फ गएको भन्दै नागरिक खवरदारी जरुरी भएको बताए। संविधान अहिले अर्धमृत जस्तै अवस्थामा पुगेको भन्दै संविधान जोगाउन नागरिकहरु सचेत रहनु पर्ने आवश्यकता ओैंल्याए। ’सात दशकको त्याग, बलिदान र संघर्षबाट प्राप्त संविधान धरापमा परेको छ’ उनले भने, ’संविधान जोगाउन सम्पूर्ण नागरिक सचेत हुन जरुरी छ।’

सरकारले बेलैमा कानुनी संरचना परिवर्तन नगरेको र संवैधानिक व्यवस्थाहरू कार्यान्वयनमा कमजोर देखिएको कारण आजको अवस्था आएको उनको टिप्पणी छ। ’चुच्चे नक्साको विषय उठाउँदा नेकपा एमालेको सरकार ढालिएको हो’ उनले भने, ’पार्टी कार्यकर्तालाई जनस्तरसँग अझ मजबुत सम्बन्ध बनाउन, आपसी विश्वास जगाउन र संगठनलाई बलियो बनाउन पार्टी एकताबद्व बनाउन व्यक्तिगत कुरा भन्दा पनि परिस्थिति बुझेर दायित्व पूरा गर्नुपर्छ।’

तपाईंको प्रतिक्रिया

थप खबर