पोखराको बीच सडकमै युवकको शव फेला, छेउमै भेटियो हथौडा

  ७ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ २६ ।   पोखरा महानगरपालिका–१५ वन विज्ञान अध्ययन संस्थान नजिकै एक युवकको शव फेला परेको छ।

बीच सडकमा रगतसहित युवकको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा रगतसहित अनुहार र शरीरमा चोट लागेको शव भेटिएको हो । घटनास्थलमा शवसहित हथौडा समेत भेटिएको र प्रहार गरिएका चोटहरु शरीरमा रहेकाले हत्या भएको पुष्टि हुने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।

‘बीच सडकमा उत्तानो परेको शव हेर्दा हथौडा प्रहार गरेर हत्या भएको देखिन्छ । घटनास्थलमा हथौडा भेटिएको छ तर उसको पहिचान खुल्ने कुनै पनि कागजात भेटिएन’, डिएसपी बस्नेतले भने, ‘बिहानै तालिमप्राप्त कुकुरमार्फत पनि अनुसन्धान थालेका छौं तर अहिलेसम्म घटना रहस्यमय देखिएको छ।’

तपाईंको प्रतिक्रिया

थप खबर