पुँजीवादीले युवामा निराशा बाँडेर फाइदा उठाए : विप्लव

  ९ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ,भाद्र १ ।  नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले युवा जनशक्तिमा निराशा बाँडेर पुँजीवादीले फाइदा उठाइरहेको बताएका छन् ।

अखिल (समाजवादी) र युवा संगठन कर्णाली प्रदेशले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको ‘समाजवादका लागि नयाँ पुस्ता’ विषयक अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।

पछिल्लो समय युवा जनशक्तिमा भरिएको निराशाले विदेशिने क्रम बढ्दै गएको चन्दले बताएका छन् । उनले भ्रष्टाचार ‘क्रोनिक’ रोगका रूपमा फैलिँदै जाँदा मुलकको समृद्धि र विकासको बाधक बनेको जिकिर गरे ।

‘जनताको पुँजी शोषण गर्ने व्यवस्थाका कारण लाखौं नेपाली जनता ऋण बोकेर सडकमा छन्’, उनले भने, ‘जीवन व्यवहारमा लागू नगरिँदा पछिल्लो समय समाजवादको बहस पनि अरुचिको विषय बन्दै गएको छ । यो चिन्ताको विषय हो ।’

आफ्नो पार्टीले तीन वर्षयता कृषि क्रान्तिबाट आर्थिक समृद्धि ल्याउने र आत्मनिर्भर बनाउने अभियानलाई अगाडि बढाएको बताउँदै भन्दै उनले अब उद्योगको थालनी गर्ने योजना रहेको बताए।आफ्नो पालाको युवा गरिबी, अशिक्षा, भोकमरी, सामाजिक असमानता र दमनविरुद्ध विद्रोह गरी आजको व्यवस्था ल्याउन सफल भए पनि आजका युवा पीडा, कुण्ठा पोख्ने, गुनासो गरे । आशाको सन्देश प्रवाह गर्न आफ्नो पार्टीले आगामी ०८४ सालको चुनावमा भाग लिने उनको भनाई थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर