मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ ३१ । नेपाली कांग्रेसका नेता एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आजको समाजमा राजनीतिक पार्टीले सकारात्मक म्यासेज दिन सक्यो भने मात्रै त्यो पार्टी लोकप्रिय बन्न सक्ने बताए।
शनिबार काठमाडौंमा आयोजित तेस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले सानो त्रुटि गरियो भने कांग्रेसको भोट र लोकप्रियता दुबै घट्ने अवस्था रहेको बताएका हुन्।
उनले भने,‘आजको समाजमा राजनीतिक पार्टीले सकारात्मक म्यासेज दिन सक्यो भने मात्रै त्यो पार्टी लोकप्रिय हुनसक्छ। आज सानो त्रुटि गरियो भने पनि हाम्रो भोट घट्छ। पार्टीको लोकप्रियता घट्छ। नेतृत्वले कहिले कहीँ यो कुरा ख्याल नगरेको जस्तो देखिन्छ।’
उनले काँग्रेस पार्टीको केन्द्रीय समितिले गर्ने निर्णयले पार्टी लोकप्रिय हुने, आलोचित हुने, पार्टीको विषयहरूमाथि टिका टिप्पणीहरू हुने वा नहुने स्थिति निर्माण हुने पनि धारणा राखे।